हरिनारायण यादवभन्दा महन्थ ठाकुर ७७ मतले अगाडि

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ९, २०७९      0

मंसिर ९– महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर–३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले झिनो मतका साथ अग्रता लिएका छन् । यसअघि जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवले उनलाई पछि पारेका थिए ।

पछिल्ला मतपरिणाम अनुसार ठाकुरले यादवलाई ७७ मतले पछि पारेका छन् । ठाकुरले १३ हजार १७८ मत ल्याउँदा यादवले १३ हजार १०१ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार राम आधार कापारले १० हजार ६९५ मत ल्याएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *