ग्लोबल टिभि
शुक्रबार, मंसिर ९, २०७९
0
मंसिर ९– दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार लामोसाँघु मुडे सडकखण्डको लिसंखुपाखर गाउँपालिका वडा ५ स्थित उन्नाइस किलो भन्ने ठाउँमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी नायब उपरीक्षक शिव बुढथोकीका अनुसार ब्रेक फेल भएर बा ३ ख १७९५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ सडकछेउमा पल्टिँदा दुर्घटना हुन पुगेको हो ।
उनका अनुसार बसमा ३५ यात्रु सवार थिए । जसमध्ये घाइते भएका ११ यात्रुलाई उद्धार गरेर बलेफी गाउँपालिकाको खाडीचौरको सिन्धुसदाबहार अस्पतालमा लगिएको उनले बताए ।
Post Views: 730
Leave a Reply