पाल्पा–१ मा एमालेका आचार्य विजयी

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ९, २०७९      0

मंसिर ९— प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ पाल्पामा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य विजयी भएका छन् । आचार्यले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरमा पराजित गरेका हुन् ।

आचार्यले सदर मतमध्ये ३१ हजार १ सय ३ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपालप्रसाद ढकालले बताए । कांग्रेसका गाहाले २० हजार २ सय ५६ मत पाए । यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार विपिन कँडेलले २ हजार ८ सय ६३ मत पाएका छन् । यस क्षेत्रमा २०५१ सालदेखि नेकपा एमालेले प्रतिनिधिसभामा जित हासिल गर्दै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *