छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

 ग्लोबल टिभि      शनिबार, मंसिर १०, २०७९      0

मंसिर १०– देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ गौरिटारस्थित सडकमा ना.४ ख ९००२ नम्बरको बसले बा.९९ प २९८१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१८ हर्नामाडी ब्रदर्श चोक बस्ने २८ वर्षीय आशिस ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रमम मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि सरकारी अस्पताल भरतपुर रिफर गरिएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता कैलालीको जोशिपुर गाउँपालिका-१ बडहरियास्थित सडकमा से।५ प ३९७७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका-१ बडहरिया बस्ने ७० वर्षीय छल्लुराम चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कैलालीको जोशिपुर गाउँपालिका–१ बडहरियास्थित सडकमा से.१ त.४१८० नम्बरको ट्याक्टरले बा.४९ प ३१७९ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक टिकापुर नगरपालिका–४ बस्ने ३२ वर्षीय राम कुमार चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

उता सिरहाको बरियारपट्टी गाउँपालिका-१ नरगीस्थित सडकमा स।२ प ५१३४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३२ वर्षीय शंकर यादवको घटनास्थलमै मृत्यु भएको छ ।

तनहुँको घिरिङ गाउँपालिका-१ जगौलिटारस्थित सडकमा लु।३९ प ५०९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ पुटार बस्ने २२ वर्षीय सुनिल दरैको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेतीगंगा अस्पताल बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका-११ रानीपौवास्थित सडकमा ग.१९ प ४०८७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार पर्वत बिहादी गाउँपालिका घर भई पोखरा महानगरपालिका–११ रानीपौवा बस्ने १९ वर्षीय सञ्जय सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रिय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज रिफर गरिएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका११ स्थित सडकमा से.२ त २४७९ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *