मौद्रिक नीतिको पहिलो समीक्षा आज हुने

 ग्लोबल टिभि      आइतवार, मंसिर ११, २०७९      0

मंसिर ११– चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा हुने भएको छ । सम्भवतः आइतबार बेलुकासम्ममा मौद्रिक नीतिको समीक्षा आउन सक्ने राष्ट्र बैंकका सूचना अधिकारीले जानकारी दिए ।

‘आइतबार राष्ट्र बैंक सञ्चालक समितिको बोर्ड बैठक बोलाइएको छ, बोर्डले पास गरे आजै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा हुन्छ’ सूचना अधिकारीले भने । उनका अनुसार बोर्डले पास गरे आजै बेलुका ५ बजेसम्ममा पत्रकार सम्मेलनको आयोजना गरेर मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरिनेछ ।

खासगरी चालु आर्थिक वर्षको मौद्रिक नीतिले बैंकिङ कर्जा,निक्षेप पुँजी (सिडिसी) रेसियोको ८५ प्रतिशतको नीतिलाई हटाउँदै कर्जारनिक्षेप अनुपात (सिडी रेसियो)लाई ९० प्रतिशत कायम गरेको थियो । यस्तै, बैधानिक तरलता (एसएलआर) मा २ प्रतिशत बढाएर वाणिज्य बैंकहरुका लागि १२ र विकास बैंकहरुका लागि १० प्रतिशत कायम गरेको थियो भने अनिवार्य बैधानिक तरलता अनुपात (सिआरआर) १ प्रतिशतले बढाएर ४ प्रतिशत पुर्याएको थियो ।

यस्तै, मूल्य र विदेशी विनिमय संचितिमा परेको चापलाई मध्यनजर राखेर समष्टिगत आर्थिक स्थायित्वका लागि ब्याजदर करिडोर अन्तर्गतको दरहरुलाई १.५ प्रतिशत दर विन्दुले वृद्धिगरी बैंकदर ८.५ प्रतिशत, नीतिगतदर ७ प्रतिशत र निक्षेप संकलदर ५.५ प्रतिशत कायम गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *