सवारी ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्ष पछि पक्राउ

 ग्लोवल टि.भी.      सोमवार, चैत्र ९, २०७७      0

कैलाली । कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए ।

प्रहरी निरीक्षक थापाका अनुसार २०५९–११– ३० गते स्वारले चलाएको से१त ११४१ नंको ट्र्याक्टरबाट सोही ठाउँका धनिराम डगौराको च्यापिएर मृत्यु भएको थियो । लगत्तै चालक भागेका थिए ।

खोज तलास गर्ने क्रममा चालक स्वारलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–६ लोखरी गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थापाले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *