आज बिहान काठमाडौको गोंगबु खण्डको चक्रपथ तनावपूर्ण देखियो । आफ्नो गन्तव्यमा हिँडेका निजी एवं सार्वजनिक सवारी सडकमा नै अलपत्र परे । व्यस्त सडकमा भएको जामले सवारी साधन मात्रै होइन पैदल यात्रु र आसपास सानातिना व्यवसाय गरेर बसेकाले समेत सास्ती भोग्नुपर्यो । जामको कारण खासै ठुलो थिएन ।
नेपालगंञ्जबाट काठमाडौ आएको यात्रुबाहक रात्रीबसले ट्राफिक नियम उल्लङघन गरेको भन्दै ट्राफिक प्रहरीले चिट काट्यो । तर, बसका चालकले आफुले कुनै गल्ति नगरेको भन्दै प्रतिवाद गरेपछि विवाद सुरु भयो । सोही विवादका कारण चालक आन्दोलित भई सडकमा अवरोध पुर्याएका हुन् । करिब आधा घण्टाको रस्साकसीपछि बल्ल प्रहरी परिचालन गरेर बसलाई किनारा लगाइयो र सडक सूचारु गरियो ।
घटना सानो जस्तो लागेपनि दुई पक्षबीचको असमझदारीले निम्त्याएको मारमा अन्यले भोग्नुपर्ने सास्तीलाई यसले देखाएको छ । यस घटनामा जबरजस्ती नियम लाद्न खोज्ने ट्राफिक प्रहरी र नियम उल्लङघनमा बल मिच्याँइ गर्ने सवारी चालकको मनोवृत्ति दुबै घातक छ ।
Leave a Reply