लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा ३२ इन्चको टिभी उपहार

 ग्लोबल टिभि      बिहिबार, मंसिर १५, २०७९      0

मंसिर १५– लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा ३२ इन्चको टिभी उपहार पाउन सकिने भएको छ।

हाल विश्वकप फुटबल चलिरहेको बेला आफ्ना कुनै पनि स्कुटर किन्ने ग्राहकले एमआई ३२, आकर्षक टिभी उपहारको रुपमा निस्शुल्क व्यवस्था गरिएको ईभी नेपाल मोटर्सले जनाएको हो।

हाल नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन्। यी स्कुटरको मूल्य १ लाख १० हजारदेखि ५ लाख ५९ हजार रुपैयाँसम्म छ ।

नेपाली व्यावसायिक घरानाको रुपमा ३० वर्ष देखि परिचित बज्र ग्रुपले विभिन्न विश्व प्रसिद्ध ब्रान्ड नेपाली बजारमा बिक्रीवितरण गर्दै आएको छ। हाल बज्र ग्रुपअन्तर्गतको ईभी मोटर्स नेपालले लेभ्निङ इलेक्ट्रिक स्कुटर भर्खर कलेज पढ्दै गरेका विद्यार्थीदेखि युवाका साथै महिला पुरुष सबैलाई हुने र फुड डेलिभरी गर्न मिल्ने, अशक्तले चलाउन मिल्ने स्कुटर बजारमा उपलब्ध गराउँदै आइरहेको छ।

यी स्कुटरमा विश्व प्रसिद्ध बोस कम्पनीको मोटर र विभिन्न क्षमताका लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ। ब्याट्री सिंगल र रिप्लेसेबल ड्युअल गरी दुवै प्रकारका छन्। स्कुटरमा विभिन्न तीन राइडिङ मोड छन् भने एन्टी थेफ्ट रिमोट कन्ट्रोललगायतका विभिन्न फिचर उपलब्ध छन् भने २ वर्षको वारेन्टी उपलब्ध छ ।

नेपालभर रहेका विभिन्न शोरुमहरुबाट सो स्कुटर बिक्रीका लागि उपलब्ध भएको कम्पनीका सहायक महाप्रबन्धक एनके शरदले बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *