प्रधानमन्त्री बन्ने गगनको चाहानामा देउवादेखि शेखर सम्मको अबरोध !(भिडियोसहित)

गगनको यात्राका अड्चनहरु

 ग्लोवल टि.भी.      बिहिबार, मंसिर १५, २०७९      0

कैलाश/नरेश-कांग्रेस महामन्त्री गगन थापाले भावी प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्ने तयारी तिव्र पारेका छन् । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गर्ने घोषणा गरिसकेका छन् । संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थापालाई प्रधानमन्त्री बन्न भने सजिलो देखिएको छैन । संस्थापन इतर समुहकै समेत सहयोग थापाले पाउने अबस्था अहिलेसम्म देखिएको छैन ।

पार्टीको १५ औ महाधिबेसनबाट अत्याधिक मत ल्याएर महामन्त्री बनेपछी पार्टीभित्रको राजनीतिमा पकड बनाउदै आएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा अहिले प्रधामन्त्रीको दौडमा छन । युवा पुस्ताले नेतृत्व पाउनु पर्ने भन्दै नेतृत्वमा पुस्तान्तरणको माग सहित प्रधानमन्त्रीको दाबी गरीरहेका गगनले संसदिय दलको नेताको चुनाबको तयारी समेत सुरु गरिसकेका छन् । तर उनि भन्दा अनुभबी र वरिष्ठ नेताहरुले समेत प्रधानमन्त्रीमा दाबी गरीरहेका कारण गगनको प्रधानमन्त्रीको कुर्सि सम्म पुग्ने चाहना सहजै पुरा हुने अबस्था छैन ।

उनको प्रधानमन्त्री हुने चाहानामा बाधा र अड्चनहरुको थुप्रो छ । गगनको प्रधानमन्त्री हुने चाहानामा पहिलो बाधा हुन, डा. शेखर कोइराला । पार्टीको १५ औ महाधिवेसनपछी गगन सहितको संस्थापन इतर समुहको नेतृत्व गरिरहेका कोइराला पनि प्रधानमन्त्रीको लाईनमा छन् । आफ्नै समुहमा आफ्नै नेता प्रधानमन्त्रीको दाबेदार भएपछि गगनलाई आफ्नै समुहबाट संसदिय दलको नेताको सर्बसम्मत उम्मेदवार हुन चुनौती छ ।

गगनको प्रधानमन्त्री हुने चाहानामा अर्का बाधक हुन सभापती शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसभित्र सबैभन्दा पुराना र वरिष्ठ नेता देउवा र पौडेलले गगनलाई प्रधानमन्त्री हुनबाट रोक्न सक्छन । यदि कांग्रेसमा संसदिय दलको चुनाब जितेको खण्डमा गगनलाई सत्ता गठबन्धनका सारथी नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीबाट असहयोग हुनसक्छ । नेतृत्व पुस्तान्तरणको आवाज जोडतोडले उठिरहेका बेला प्रौढ नेता माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपालले गगनलाई प्रधानमन्त्रीमा स्विकार्ने सम्भावना न्युन रहेको जानकारहरु बताउछन ।

नेपाली राजनीतिका विज्ञहरु यदी गगन थापा प्रधानमन्त्री भए कांग्रेसका लागी अबको समय सुखद हुने बताउछन । नेतृत्व पुस्तान्तरण र सदन र सत्तामा युवा पुस्ताको माग भईरहेका बेला गगन प्रधानमन्त्री हुनु कांग्रेसका लागी सुखद हुने उनिहरुको तर्क छ ।

कांग्रेसभित्र गगन थापाको उमेर समुहका नेताहरुले शिर्ष नेताहरुसँग भिड्ने तयारी गरिरहेको भएपनि अन्य दलमा भने अहिलेसम्म प्रधानमन्त्रीको अर्को दाबेदार देखिएको छैन । अरु त अरु संसदीय दलको नेताका लागि चुनाव हुने अबस्था समेत देखिएको छैन । जसका कारण अहिलेकै शिर्ष नेताहरु स्वतः प्रधानमन्त्रीको दाबेदार रहने देखिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *