एमाले, माओवादीमा – युवा किन बोल्दैनन् ?
विनोद-नेपाली राजनीतिका ठुला दल नेपाली कांग्रेस,नेकपा एमाले, माओवादी लगायतको नेतृत्वमा विगत ३ दशक देखि देउवा, ओली र प्रचण्डकै दवदवा छ । उनीहरुले पार्टीभित्र जे गर्न चाहे त्यहि अक्षरश पालना हुने गरेको देखिन्छ । तर पछिल्लो समय भने नयाँ पुस्ता शिर्ष नेतृत्वको विकल्पमा अगाडी आउन थालेका हुन् ।कांग्रेसमा गगन, विश्वप्रकाश तथा प्रदिप जस्ता युवाले शिर्ष नेतृत्वलाई दबाब बढाउन शुरु गरेका छन् । तर एमाले र माओवादीमा भने ओली र प्रचण्डकै भर देखिएको छ । एमाले र माओवादीमा किन दोस्रो पुस्ता अघि सर्न सकेनन्?
नेपाली राजनीतिमा पुस्तान्तरणको चर्चा निकै लामो समयदेखि चल्दै आएको विषय हो । तर राजनीतिक दलको नेतृत्व र सरकारमा भने उहि बुढापाका र टेस्टेड नेताकै हालीमुहाली रहदैँ आएको छ । कांग्रेसमा शेरबहादुर देउवा, एमालेमा केपी शर्मा ओली र माओवादीमा प्रचण्ड लामै समयदेखि सर्वशक्तिमान देखिन्छन् ।
पटकपटक देश र पार्टी नेतृत्व सम्हालेका उनीहरुले दोस्रो पुस्तालाई नेतृत्व सुम्पिन आनाकानी गरिरहेका छन् । उनीहरुले देश र जनताका लागि काम गर्ने र सेवा दिने अवसर पाएपनि केहि गर्न नसकेको भन्दै नेतृत्वमा युवा आउनु पर्ने जनआवाज उठिरहेको छ । जसको ज्वलन्त उदाहरणहो, मंसिर ४ को आमचुनावमाभर्खरै मात्रै उदाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी ।नेपाली राजनीतिमा सबै भन्दा ठुलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसको नेतृत्वमा विगत केहि वर्षदेखि सभापति शेरबहादुर देउवा हावी छन् ।
तर मंसिर ४ मा भएको आमनिर्वाचनले भने कांग्रेसको नेतृत्व परिबर्तनका लागि गगन थापा, विश्वप्रकाश शर्मा र प्रदिप पौडेल जस्ता युवापुस्ता पठाएको छ । जसमा पार्टीका महामन्त्री गगन थापाले आफु प्रधानमन्त्रीको लागि फाइट गर्ने बताउदै आएका छन् र पार्टी भित्रको संसदीय दलको नेता बन्नका लागि गृहकार्य गरिरहेका छन् । यसअघि उनी पहिलो पुस्तालाई आराम गर्न र युवालाई नेतृत्व सुम्पिन चर्काे दवाव दिदै आइरहेका थिए ।
कांग्रेसमा पहिलो पुस्तालाई दवाव दिने र परिआए नेतृत्व नै हातमा लिन युवा नेता तयार रहेको भएपनि बाम शक्तिमा भने त्यो देखिदैन ।नेकपा एमालेमा केपी शर्मा ओलीको विकल्प देखिदैन भने युवा नेताहरुले नेतृत्व हस्तान्तरणको आवाज उठाउन सकिरहेका छैनन् । त्यस्तै नेकपा माओवादीमाप्रचण्डको उत्तराधिकारीका रुपमा युवा नेतृत्व आउन सकेको छैन र देखिदैन पनि । आखिर के ले रोक्दैछ बाम दलका युवा नेतालाई नेतृत्वमा पुग्नलाई ?
एमाले र माओवादीका युवा नेताहरुले नेतृत्व हातमा लिन किन आनकानी गरिरहेका छन् ?कि नेतृत्व रक्षमता नै नपुगेको हो ?राजनीतिक विश्लेषक भने अव युवापुस्ताले देश हाक्नुपर्ने र ढिलोचाडो देशको नेतृत्व युवाको हातमा जाने बताउछन् ।
पाँच पटक प्रधानमन्त्री भइसकेका देउवा, तीन पटक प्रधानमन्त्री भइसकेका ओली र दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्ड अझै पनि नेपाली राजनीतिका निर्णायक हुने देखिन्छ । यता शिर्ष दलहरुले युवा पुस्तालाई नेतृत्व सुम्पिन नसक्दा भर्खरै मात्रै जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो हिस्सा ओगटेको राजनीति बुझेकाको टिप्पणी छ ।
Leave a Reply