चुनाव जिते लगत्तै काममा लागे सांसद(भिडियोसहित)

चुनाब जितेपछी रविले थाले काम, पानी ल्याउन श्रमदान गरे

 ग्लोवल टि.भी.      बिहिबार, मंसिर १५, २०७९      0

अभिषेक/नरेश- मंसिर ४ गतको चुनाब जितेलगत्तै कतिपय सांसदले काम गर्न सुरु गरेका छन । चितवनबाट चुनाब जिेतका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले पानी ल्याउन श्रमदान गरेका छन भने जुम्लाबाट निर्वाचित ज्ञानेन्द्र शाहीले जिल्लाको बिकासका लागी स्थानियसंग छलफल गरेका छन । चुनाव जितेर गाउँ नफर्कने आरोप लाग्ने सांसदहरुले सपथ समेत नलिदै शुरु गरेको कामको भने प्रशंशा हुन थालेको छ ।

मंसिर ४ गते भएको चुनावबाट निर्वाचित भएका सांसदहरुले काम गर्न सुरु गरेका छन । सांसदको सपथ समेत नलिएका निर्वाचित सांसदहरुले आफ्ना निर्वाचन क्षेत्रमा पुगेर चुनावमा गरेका बाचाअनुसारको काम शुरु गरेका छन् । त्यसको शुरुवात भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछाने गरेका थिए । चुनावको परिणाम सार्वजनिक भएपछि लामिछानेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर चितवनको उनको निर्वाचन क्षेत्रमा विद्युतिकरणका लागि काम गर्न आग्रह गर्दै गरेका थिए । उनले रासायनिक मलको अबस्थाका बारेमा समेत जानकारी लिएका थिए । त्यसोत सांसदको काम विकास निर्माणका काममा अलमलिने हैन । तर निर्वाचित सांसदहरुले नीति नियम बनाउने नाममा जनताका मागमा नसुनेको जस्तो गर्न नहुने बताउँछन् ।

चुनाव जितेपछि उक्सनमा उत्रिने अर्का नेता हुन्, राप्रपाका प्रवक्ता समेत रहेका जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाही । शाहीले जुम्लामा सडक नपुगेका स्थानमा आफै पुगेर सडक पु¥याउने बाचा गरिरहेका छन् । उनले सडक निर्माणका क्रममा भइरहेको ढिलासुस्ती नसहने बताउन थालेका छन् । यसअघि भ्रष्टाचारविरोधी अभियानका कारण चर्चामा रहेका शाही चुनाव जितेपछि समेत आफ्नो बाचा दोहो¥याइरहेका छन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी माओवादी नेतृ समेत रहेकी दाङबाट निर्वाचित सांसद रेखा शर्माले समेत काम शुरु गरिसकेकी छन् । उनले घोराही–लमही सडकखण्डको निर्माणमा भइरहेको ढिलाई नसहने भन्दै तत्काल काम शुरु गर्न दबाब बढाएकी छन् । उनले तोकिएको मितिमा सडक निर्माणको प्रक्रिया शुरु नगरे ठेक्का सम्झौता नै तोड्ने चेतावनी समेत दिएकी छन् ।

यसअघि सांसदहरुले चुनाव जितेर ५ वर्ष फर्केर नजाने गरेको आरोप लाग्ने गरेको थियो । तर यसपालि भने सांसदको सपथ समेत नलिइ निर्वाचितहरुले काम शुरु गरिसकेका छन् । सांसदको काम नीति नियम निर्माण गर्ने भएपनि विकास निर्माणका लागि समेत जनताले सांसदलाई नै गुहार गर्नुपर्ने अहिलेको अबस्था छ । त्यही बुझेर होला नवनिर्वाचित सांसदहरु एक्सनमा उत्रिन थालेको देखिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *