दाङमा स्कूल बस दुर्घटना : एकको मृत्यु , २२ घाइते

 ग्लोवल टि.भी.      मङ्लबार, चैत्र १०, २०७७      0

दाङमा आज बिहान स्कूल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालीका १६ निवासी १९ वर्षीया सम्झना केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी गराएका हुन् ।

दुर्घटनामा परी २२ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा १ क ४३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटना भएको शर्माले जानकारी गराएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *