‘आइएमई पे’ द्वारा ‘डिशहोम नकआउट तीन सय’ अफर सार्वजनिक

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर १६, २०७९      0

मंसिर १६– आइएमई पेले ‘डिशहोम नकआउट तीन सय अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र रू। ३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्नेछन् ।

ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड ‘नकआउट’ प्रयोग गर्नु पर्ने हुन्छ । जस मार्फत ग्राहकहरुले वर्ल्ड कप प्याकेजको पूर्ण मूल्य रू। ५ सय ६५, तिर्दा रू। २ सय ६५ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन् ।

यो अफर सीमित अवधिको लागि मात्र लागु हुने र यस अफर मार्फत पहिलो ३०० ग्राहकहरुले सो प्याकेजमा क्यासब्याकमा खरिद गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *