ग्लोवल टि.भी.
शनिबार, मंसिर १७, २०७९
0
मंसिर १७– काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बालकुमारीबाट एक किशोरसहित २ जना अवैध लागूऔषधसहित पक्राउ परेका छन् । ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम, मोबाइल ३ थान र नगद ९ हजार रुपैयाँ सहित महोत्तरी जलेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौं माहनगरपालिका३२ जडिबुटी बस्ने १९ वर्षीय विकास साह समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Post Views: 110
Leave a Reply