ग्लोवल टि.भी.
शनिबार, मंसिर १७, २०७९
0
मंसिर १७– दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम राखेका छन् । हाल जिरी नगरपालिकाको मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतान्तर केही घटाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार दिउँसो सार्वजनिक गरेको मत परिणाम अनुसार माओवादी केन्द्रका गंगा कार्कीले १० हजार ४७२ मत पाएका छन् भने नेकपा एमालेका शिवाकोटीले ९ हजार ३०५ मत पाएका छन् ।
हालसम्म गौरीशंकर गाउँपालिकाका ८ वटा वडा, कालिन्चोक गाउँपालिकाको सबै वडा र जिरी गाउँपालिकाको वडा नं ६, ७, ८ र ९ को मतगणना भइरहेको छ ।
Post Views: 253
Leave a Reply