सरकारले कोरोना रोकथामका लागि गत वर्ष चैत्र ११ देखि लकडाउन गर्यो । झण्डै ६ महिनाको लकडाउन पछि अवस्था खुकुलो बनाउँदै लगियो र बिस्तारै जनजिवन सहज बन्दै गयो । चैत्र ११ बुधबार लकडाउनको एक वर्ष पुगेको छ । यस अवधिमा आइसोलेसन, क्वारेन्टिन निर्माण देखि जनजिवन सहज बनाउने र कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने काममा नेपाली सेनाले भूमीका खेलेको छ ।
चीनको वुहानबाट नेपालीको उद्दार गर्दा देखि महामारीमा नेपाली सेनाले आफ्नो भूमीकालाई अग्रस्थानमा राखेको छ । यस अवधिमा कोरोना संक्रमणबाट ज्यान गुमाएकामध्ये अधिकांशको अन्तिम संस्कार सेनाले नै गर्यो । जनचेतना जोगाउन देखि मृतकको अन्तिम संस्कार गर्ने सम्मका चरणमा पूर्ण सुरक्षा सतर्कता अपनाएर तालिमप्राप्त सैनिक खटिरहे ।
लकडाउनको एक वर्ष र नेपाली सेनाको कार्य
क्वारेन्टिन व्यवस्थापन : ८५ स्थानमा
होल्डिङ एरिया : ३४ स्थानमा
विदेशबाट उद्धार : १,२९८,४७ जना
हवाई उद्धार : ८ जना
शव व्यवस्थापन : ३,०३१ जना
संक्रमण दर उच्च रहँदा १८ हजार सैनिक फौज मैदानमा खटिएका थिए ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेनाले गरेका कार्यहरु
— २०७६ फाल्गुण ४ गते चीनको वुहानबाट उद्दार गरिएका १७५ जना तथा चैत्र ८ र १२ गते विभिन्न मुलुकबाट नेपाल आएका ९६ जनालाई खरिपाटी र तेलकोट स्थित क्वारेन्टिनमा राख्दा नेपाली सेनाले मुख्य भूमीका निर्वाह गरेको थियो । सेनाले मेडिकल, सुरक्षा तथा व्यवस्थापन लगायतका कार्यहरु सम्पन्न गरे ।
— २०७६ चैत्र ४ र ५ गते जंगी अड्डामा ४८ वटा टेन्ट खडा गरी नमूना क्वारेन्टिन स्थल बनाई प्रत्येक पृतनाबाट खटिएका शिक्षार्थीलाई “क्वारेन्टिन ब्यवस्थापन“ तालिम प्रदान ।
— स्थानीय निकायसंगको समन्वयमा नेपाली सेनाका स्थानीय युनिटहरुले देशका विभिन्न स्थानमा डिस ईन्फेक्ट गर्ने कार्य गरे ।
— वीरेन्द्र अस्पतालमा २० बेडको आईसियु वार्ड सहित २० भेन्टिलेटर र सय बेडको आईशोलेशन वार्डबाट सेवा प्रदान ।
— नेपाली सेनाको फौजले देशका विभिन्न स्थानमा संक्रमण तथा विरामी ल्याउदा/लैजादा अपनाउनु पर्ने सावधानी, मृतकको शव ब्यवस्थापन, पिपिईको प्रयोग गर्ने तरिका, संक्रमणबाट बच्ने उपाय, अपनाउनु पर्ने सावधानी सम्बन्धी सचेतनामूलक कक्षा तथा डेमोस्ट्रेशन/अभ्यास संचालन ।
— स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) क बमोजिम कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी देशका अधिकांश जिल्लाहरुमा जारी गरिएको निषेधाज्ञाको प्रभावकारी पालना र कार्यान्वयनको लागि सम्बन्धित जिल्लामा तैनाथ नेपाली सेनाका यूनिटहरुबाट आवश्यकता अनुसार फौज खटिए ।
Leave a Reply