काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीलाई हटाउने अभियान सुरु(भिडियोसहित)

 ग्लोबल टिभि      मङ्लबार, मंसिर २०, २०७९      0

मंसिर २०– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीलाई हटाउने अभियान सुरु गरेसँगै यसको विरोध र सर्मथनमा आवाजहरु उठिरहेका छन् । सुकुम्बासी बस्तीमा रहेका नागरिकहरु उचित व्यवस्थापन विना आफुहरुले ठाउँ नछाड्ने भन्दै दिनहुँ बिरोध प्रदर्शन गरिरहेका छन् भने सरोकारबाला निकायले यसको ब्यवस्थानको विषयलाई प्राथमिकता दिएका छन् ।

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीलाई हटाउने अभियान सुरु गरेसँगै यसको विरोध र सर्मथनमा आवाजहरु उठिरहेका छन् । सुकुम्बासीले दिनहुँ महानगरविरुद्ध नारावाजी गर्दै विरोध प्रदर्शन गरेका छन् भने उचित व्यवस्थानको विषयमा पनि सरोकारवाला निकायहरु लागि परेका छन् । पक्ष र विपक्षका आवाजहरु उठिरहेका बेला उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग ऐक्यवद्धता जनाएको छ । समितिले सुकुम्वासीको नाममा भइरहेको राजनीतिको अन्त्य गरी सुकुम्वासीको नाममा भइरहेको दादागिरीको अन्त्य हुनुपर्ने भन्दै यसको ब्यवस्थानका लागि महानगरपालिकाको अभियानमा ऐक्यवद्धता जनाएको हो ।

समितिले सुकुम्वासीको खोल आढेर र राजनीतिक दलहरुको छत्रछायाँमा हतियार बोकेर हिँड्न नमिल्ने भन्दै महानगरले गरेको काम सही भएको जनाएको छ । काठमाडौं महानगरसँग ऐक्यवद्धता जाहेर गरेपछि महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्दै समितिले सही सुकुम्वासी पहिचान हुन नसक्दा उपत्यकाको नदी किनार लथालिङ्ग भएको बताएको छ । प्रदर्शनपछि बोल्दै आन्दोलित महेशलाल बज्राचार्यले सुकुम्वासीको नाममा भइरहेको दादागिरी अन्त्य हुनुपर्ने र सुकुम्वासीको तथ्यांक संकलन गरी सही सुकुम्वासीको व्यवस्थापनका साथै भूमिहीन सुकुम्वासीको उचित व्यवस्थापन गर्न आवश्यक रहेको बताए । सुकुम्वासीको खोल आढेर र राजनीतिक दलहरुको छत्रछायाँमा भइरहेका गतिविधिहरुको अन्त्य हुन जरुरी रहेको उनको भनाई छ ।

त्यस्तै अर्का प्रदर्शनकारी पृथाविन्दु महर्जनले राजनीतिक दलहरुले नै सुकुम्वासीहरुलाई काखी च्यापेको आरोप लगाएका छन् । उनले स्थानीय निकायले सही सुकुम्वासी पत्ता लगाइ उनीहरुको व्यवस्थापन गर्न लाग्दा राजनीतिक दलहरुले हस्तक्षेप गरिरहेको समेत बताए ।

त्यस्तै अर्का प्रदर्शनकारी प्रमोदनाथ श्रेष्ठले सुकुम्वासीको सही व्यवस्थापन हुनुपर्ने तर हुकुम्वासीहरुलाई हटाउन आवश्यक रहेको बताएका छन् ।

सुकुम्वासी आयोग, भूमि आयोग लगायतका सम्बन्धित निकायहरुले सहि समय र उचित व्यवस्थापन गर्न नसक्दा काठमाडौंको थापाथलिका सुकुम्बासी मात्रै होइन देशभर रहेका सुकुम्बासी व्यवस्थानमा चुनौती थपिएको छ । त्यसैले वास्तविक सुकुम्वासीको पहिचान गरीे सुकुम्वासीको नाममा भइरहेको राजनीतिको अन्त्य गर्नु जरुरी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *