प्रदूषण दुई तीन दिन रहने–विज्ञ
शुक्रबार दिउसो एक्कासी उपत्यकाको वायु प्रदुषण खराब भएपछि पुनः काठमाडौं विश्वकै प्रदूषित शहर बनेको छ । भिजिविलिट न्यून भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल समेत दिउसाे बन्द भएको थियो । शुक्रबार बिहान ३५ सयमा रहेकाे भिजिविलिटी दिउसो एक हजारमा झरेको थियो । तर ४ बजेपछि भिजिविलिमा केहि सुधार आएर १६ पुग्दा विमानस्थल पुनः सञ्चालनमा आएको त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जनाकारी दिएका छन् ।
केहि दिन देखि उपत्यकामा पानी नपर्दा बातावरण प्रदुषण बढदै गएको थियो । बारा,पर्सा र चितवन लगायतका जिल्लाका विभिन्न स्थानमा लागेको डढेलाेको धुवाले शुक्रबार काठमाडौं बायु प्रदुषण झन बढेको वातावरण विद् डा. बरुण पौडेलले बताए । पानी परेन वा हावाहुरी चलेन भने प्रदूषण दुई तीन दिन रहन सक्ने उनले बताए ।
प्रदूषणका कारण अवतजावत गर्नेहरुलाई निकै सास्ति भएको छ भने पुनः काठमाडौं विश्वकै प्रदुषित सहर भएको छ । स्विट्जरल्याण्डको आईक्युएआएआरका अनुसार शुक्रबार दिउसो काठमाडौंको एयर क्वालिटी १९८ थियो ।
Leave a Reply