वायुसेवा निगममा क्याबिन क्रु आन्दोलित

 ग्लोबल टिभि      बिहिबार, मंसिर २९, २०७९      0

मंसिर २९– नेपाल वायुसेवा निगममा क्याबिन क्रु आन्दोलनमा उत्रिएका छन् । निगममा हरेक ५ वर्षमा क्याबिन क्रुको करार नवीकरण हुने गर्दछ यसैक्रममा दुई जना एयर होस्टेसको तोकिएको योग्यता नपुगेको भन्दै करार नवीकरण गर्न व्यवस्थापनले नमानेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

निगम मातहतका नेपाल वायुसेवा क्याबिन क्रु संघले बिहीबार एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएको छ । आन्दोलनका कारण अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् । बिहीबार काठमाडौंबाट साउदीको रियाद र भारतको नयाँ दिल्ली उड्नु पर्ने जहाजहरु समेत क्रुको आन्दोलनका कारण प्रभावित बनेका छन् ।

निगममा १५ वर्ष सेवा गरेका क्याबिन क्रुको सेवा करार नवीकरण नभएको संघले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *