मलेसियामा पहिरो जाँदा कम्तीमा २१ जनाको मृत्यु, १४ जना बेपत्ता

 ग्लोबल टिभि      शनिबार, पुस २, २०७९      0

पुस २ – मलेसियाको सेलान्गोर राज्यमा पहिरोमा परी मृत्यु हुनेको संख्या कम्तीमा २१ पुगेको छ। मारिनेमा बालबालिका पनि रहेका छन्। यसैगरी १४ जना बेपत्ता भएका छन्।

घटना सेलान्गोरको बताङ काली शहरमा रहेको शिविर नजिक भएको हो। शुक्रबार बिहान ३ बजे परिवार पालभित्र सुतिरहेका बेला पहिरो खसेको हो।शुक्रबारदेखि माटोमुनि फसेकाहरुको खोजी कार्य तीव्र गतिमा भइरहेको छ।

शिविरमा रातभर बस्न ५१ वयस्क र ३० बालबालिकाले नाम दर्ता गराएको शिविरका प्रबन्धकले बताए।

मलेसियाली प्रशासनलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा ७०० अधिकारी राहत र उद्धार कार्यमा संलग्न रहेको र १४ जना अझै बेपत्ता रहेको खबर आएको छ।

मृत्यु हुनेमा कम्तीमा चार बालबालिका रहेको जनाइएको छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *