कांग्रेस संसदीय दलको निर्वाचन केही दिनमै हुने
ग्लोबल टिभि
शनिबार, पुस २, २०७९
0
पुस २– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ठूलो दल भएका नाताले कांग्रेसको प्रधानमन्त्री बन्ने कुरा स्वाभाविक भएको बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासामु आफूलाई सघाउन आग्रह गरेकै दिन उनले यस्तो बताएका हुन्।
सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रवक्ता महतले भने, ‘प्रचण्डजीले पनि प्रधानमन्त्री दाबी गर्नुभएको छ। यसलाई पनि हामी स्वभाविक लिन्छौ। तर, सबै रूपमा कांग्रेसको नेतृत्व उपयुक्त हुन्छ।’
उनले कांग्रेस संसदीय दलको निर्वाचन केही दिनमै हुने पनि बताए। ‘संसदीय दलको निर्वाचन केही दिनमै हुन्छ,’ महतले भने, ‘अरु दलको सहयोग लिएर सरकार बनाउने भएकाले एकताको सन्देश दिन पनि सर्वसम्मत नेता चयनको प्रयास हुन्छ।’
Post Views: 343
Leave a Reply