माओवादीले सांसदको शपथपछि मात्रै दलको नेता चयन गर्ने

 ग्लोबल टिभि      आइतवार, पुस ३, २०७९      0

पुस ३– नेकपा माओवादी केन्द्रले सांसदहरूको शपथपछि मात्रै दलको नेता चयन गर्ने प्रक्रियामा जाने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा संसद्को जेष्ठ सदस्यले पद तथा गोपनीयताको शपथ खुवाएपछि मात्रै दलको नेता चयन गर्ने निर्णय गरेको उपमहासचिव हरिबोल गजुरेलले बताए ।

‘अहिले कांग्रेस, एमालेलगायत अरू दलले संसदीय दलको नेता चयन गरेका छैनन् । हामीले हतारमा किन दलको नेता चयन गर्नुप¥यो भन्नेभयो’ गजुरेलले भने, ‘त्यसैले हामीले सबै सांसदहरुले शपथ खाएपछि दलको नेता चयन गरौँ भन्ने निर्णय भयो ।’ बरु निर्वाचित सांसदहरूलाई बोलाएर खादा माला लगाएर शुभकामना दिन सकिने तयारी गरिएको छ । संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड आफै हुने निश्चित जस्तै छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *