आलोपालो प्रधानमन्त्रीको समझदारी भएकै हो: प्रचण्डको दाबी

 ग्लोबल टिभि      सोमवार, पुस ४, २०७९      0

पुस ४ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको दाबी गरेका छन् । सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

पत्रकारहरुले सोधे, ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बेलामा केही सहमति भएको थियो जनादेश आइसकेपछि म (प्रचण्ड) प्रधानमन्त्री बन्ने भनेर?

प्रचण्डले जवाफ दिए, ‘त्यो पनि लिखित औपचारिक केही भएको थिएन । छलफल त पक्कै पनि थियो । हामीले गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा चाहिँ भएकै हो ।’

पत्रकारहरुले फेरि सोधे, ‘त्यो सहमति भएको हो ।

प्रचण्डले जवाफ फर्काए, ‘करिब करिब त्यो समझदारी अहिले पनि छ ।’

माओवादी अध्यक्ष प्रचण्डले विगतमा जे जस्ता सहमति भएको भए पनि गठबन्धनमा रहेका दलहरुका बीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसुभामुखबारे प्याकेजमै सहमति खोजिने बताएका छन् । गठबन्धनमा रहेका दलहरुका बीचमा समझदारी भयो र मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त भए आफू तयार रहेको र प्रधानमन्त्रीमै समझदारी नभए अरु पनि हुन सक्ने उनको भनाइ छ ।

‘प्रधानमन्त्री नै चाहिन्छ भन्ने बटमलाइन हो रु’ भन्ने प्रश्नमा प्रचण्डले जवाफ दिए, ‘बटमलाइन भन्ने केही कुरा छैन । समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ । समझदारीबाट अरु नै भयो भने अरु नै हुन पनि सक्छ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *