विद्यमान शिक्षा प्रणालीप्रति पूर्वराष्ट्रपतिको चिन्ता

शिक्षा र स्वास्थ्य क्षेत्र अव्यवस्थित भयो

 ग्लोबल टिभि           0

पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशको अहिलेको शिक्षाको अवस्था राम्रो नभएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा पूर्वराष्ट्रपति यादवले मुलुकको विद्यमान शिक्षा प्रणालीप्रति चिन्ता व्यक्त गरेका हुन् ।

तुलनात्मक रुपमा पहाडी र पश्चिम मधेषमा शिक्षाको अवस्था राम्रो भएपनि पूर्वी मधेषमा खस्कदै गएको उनको भनाइ छ । राष्ट्र र समाज निर्माणमा शिक्षाले महत्वपूर्ण भूमीका खेल्ने भन्दै पूर्वराष्ट्रपति यादवले समाज रुपान्तरणको जग नै शिक्षा रहेको बताए ।

शिक्षित जनशक्ति निर्माण गर्न सकेमात्रै देशको विकास हुने उनको बुझाइ छ । पछिल्लो समय नेपालमा धेरै परिवर्तन भएपनि शिक्षा, स्वास्थ्य र सम्पदा क्षेत्र एकदमै अव्यवस्थित रहेको उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *