आधुनिक फुटबलमा मेस्सी युगको सफल विदाई, एम्बाप्पे युगको सुरुवात

 ग्लोबल टिभि      सोमवार, पुस ४, २०७९      0

विनोद– कतारमा सम्पन्न २२ औँ संस्करणको फिफा विश्वकप फुटबलको उपाधी अर्जेन्टिनाले हात पारेको छ । कतारको लुसेल आइकोनिक रंगशालामा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । विश्वकप जितेको अर्जेन्टिनाले ९५ अर्ब रुपैया पुरस्कारसँगै २४ क्यारेटले बनेको सुनको ट्रफि हात पारेको छ । निकै प्रतिष्पर्धात्मक खेलमा फ्रान्सका केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए भने लियोनल मेस्सीले २ गोल गरेका थिए ।

कतार विश्वकप २०२२ को उपाधी अर्जेन्टिनाले हात पारेको छ । उपाधी हातपार्ने क्रममा अर्जेन्टििनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दे ३६ बर्षपछि विश्वकपको उपाधी चुमेको हो । खेलमा ९० मिनेटको समयमा समान २–२ गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । त्यसमा पनि समान १–१ गोल भयो र समग्रमा ३–३ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा अर्जेन्ट्रिना भाग्याशाली सावित भयो । विश्वकप जितेको अर्जेन्टिनाले ४२ मिलियन नगद पुरस्कार सहित २४ क्यारेट सुनले बनेको ट्रफि हात पा¥यो । अर्जेन्टिनाको जितमा २ गोल गरेका मेस्सीले देशको लागि उपाधी जिताएसंगै उनी फुटबलको सर्वकालिन महान फुटबलको सुचिमा रहेका पेले र म्याराडोनको समुहमा समाबेश भएका छन् । त्यस्तै उपविजेता बनेको फ्रान्सले ३० मिलियन डलर नगद पुरस्कार पाएको छ ।

विधागत पुरस्कारमा एम्बाप्पेलाई सुनको जुता मेस्सीलाई सुनको बल
कतार विश्वकपमा विधागत पुरस्कारमा अर्जेन्टिनाका खेलाडीको बस्र्चव रह्यो । जसमा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले गोल्डेन बल हात पारे भने गोल्डेन पञ्जा गोल रक्षक एलिमियानो मार्टिनेजले र योङ प्लेयरको अवार्ड एन्जो फर्नाण्डेजले हात पारे । त्यस्तै विश्वकपमा सर्वाधिक चर्चामा रहेकागोल्डेन बुट अर्वाड भने फ्रान्सका युवा स्टार किलियन एम्बाप्पेलले हात पारे । उनले यस विश्वकपमा सार्वधिक ८ गोल गदेै महत्वपूर्ण अवार्ड हात पारेका हुन् । त्यस्तै फेयर प्ले अवार्ड इंग्ल्याण्ड टिमले हात पारेको छ ।

कतार विश्वकपमा कुन टीमले पुरस्कारको कसले कति पाए ?
विजेता बनेको अर्जेन्टिनाले ४२ मिलियन अमेरिकी डलर ९५ अर्ब ५७ करोड ९६ लाख ३२ हजार ८ सय, उपविजेता फ्रान्सले ३० मिलियन अमेरिकी डलर ९३ अर्ब ९८ करोड ५४ लाख ५२ हजार, तेस्रो भएको क्रोएसियाले २७ मिलियन अमेरिकी डलर ९३ अर्ब ५८ करोड ६९ लाख ६ हजार ८ सय, चौथो बनेको मोरोक्कोले २५ मिलियन अमेरिकी डलर ९३ अर्ब ३२ करोड १२ लाख १० हजार पुरस्कार पाए । त्यस्तै क्वाटरफाइनलमा स्थान बनाउने ब्राजिल, पोर्चुगल, इंग्लयाण्ड, र नेदरल्याण्डले समान १७ मिलियन अमेरिकी डलर ९२ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय पाए । त्यस्तै अन्तिम १६ मा पुग्ने टीमले १३ मिलियन अमेरिकी डलर ९१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय पाए । त्यस्तै समुहचरण बाटै बाहिरिने टोलीले ९० लाख डलर प्राप्त गरेका छन् ।
कतार विश्वकपमा २ ह्याट्रिक, १ सय ७२ गोल
कतार विशवकपमा विभिन्न ८ रंंगशालामा ६४ खेल भएका थिए । जसमा १ सय ७२ गोल भए। त्यस्तै विश्वकपमा फ्रान्सका किलियन एम्बाप्पे र पोर्चुगलका गोन्कालो रामोसले ह्याट्रिक गरेका छन् । एम्बाप्पेले फाइनलमा अर्जेन्टिना विरुद्ध ह्याट्रिक गरेका हुन् भने रामोसले स्वीजरल्याण्डविरुद्ध ह्याट्रिक गरेका हुन् ।

यसैगरी यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो । त्यस्तै यसपटकको उपविजेता बनेको फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकपको उपाधी हात पारेको थियो । सन् १९३० देखि सुरु भएको विश्वकपमा अहिलेसम्म जम्मा आठ राष्ट्रले मात्रै पालैपालो विश्वकप ट्रफी उचालेका छन् ।सवैभन्दा बढि चर्चा र विवाद भएको २२ औँ संस्करणको. कतार विश्वकप सकिएसंगै फुटबल समर्थकले विश्वकपको रौनक हेर्न फेरी ४ बर्ष कुर्ने पर्ने भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *