एमालेको आवाज युगको आवाज हो: ओली

 ग्लोबल टिभि      मङ्लबार, पुस ५, २०७९      0

पुस ५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको सन्दर्भमा एमालेले नयाँ विचार दिएको बताएका छन्। मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा‘ एमाले जनताको रोजाईको पहिलो पार्टी’कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको आवाज युगको आवाज भएको दाबी गरेका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘एमालेको आवाज कुनै सामान्य ध्वनी होइन। यो युगको आवाज हो। देशको आवश्यकता र समयको आवाज हो। देश निर्माणको संकल्प हो। ’

उनले ओलीले नेकपा एमालेको आवाज र गति विश्वभरीले सुन्न सक्ने धारणा राखे। उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आंकाक्षालाई आफ्नो गन्त्यव्य बनाएर एमाले अगाडि बढेको दाबी गरे।

अपेक्षा गरेजति सिट नआएपनि उत्सब मनाइरहेको उल्लेख गर्दै ओलीले नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित सांसदलाई शुभकामना तथा बधाई ज्ञापन गरे। ओलीले सिट संख्याभन्दा पनि घेराबन्दी, षड्यन्त्र र धादँलीका बीचमा सबैलाई पराजित गरेर एमाले देशको लोकप्रिय मतसहित पहिलो पार्टी बनेको उल्लेख गरे।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *