राजतन्त्रका हिमायती जवराले गणतन्त्रका संरक्षकलाई सपथ खुवाउँदै

 ग्लोबल टिभि      मङ्लबार, पुस ५, २०७९      0

पुस ५– प्रतिनिधिसभाका २७५ सदस्यमध्ये सबैभन्दा जेठो सांसदका रूपमा राप्रपाका पशुपतिशमशेर जबराले नवनिर्वाचित सांसदलाई सपथ खुवाउने भएका छन् । प्रतिनिधिसभामा सभामुख र उपसभामुख नियुक्त नहुँदाको अवस्थामाउमेरको हिसाबले ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्ने व्यवस्था अनुसार सपथ र संसद जबराले संचालन गर्ने भएका हुन् ।

ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ खुवाएर अन्य सदस्यलाई ज्येष्ठ सदस्यले शपथ दिलाउने संसदीय व्यवस्था अनुसार नयाँ संसद बैठकलाई राप्रपाका सांसद पशुपतिशमशेर जबराले त्यसको नेतृत्व गर्दैछन् । राप्रपाको समानुपातिकबाट सांसद बनेका ८१ वर्षीय जबराले बिहीबार नवनिर्वाचित सांसदहरुलाई सपथ खुवाउन लागेका हुन् । गणतन्त्रात्मक व्यवस्थामा रहेको मुलुकमा हिन्दुराष्ट्र, राजसंस्था र संघियता खारेजको मुल एजण्डा बोकेको पार्टीबाट सांसद बनेका जवराले त्यहि व्यवस्थामाथि टेकेर सपथ खुवाउन लागेको विषय भने निकै रोचक देखिएको छ । भने अर्कोतर्फ गणतन्त्र ल्याउनदेखि लिएर वर्तमान संविधान निर्माणसम्म योगदान गरेका नेता तथा निर्वतमान सांसदहरुले फरक एजेण्डा बोकेको सांसदसँग सपथ लिनुपर्ने देखिएको छ । हुनत संघीय संसद सचिवालयले जारी भएको मिति अनुसार जन्ममिति तय गरेर जेष्ठ सदस्य पहिचान गर अनुसार जवराले सपथ खुवाउन लागेका हुन् । निर्वाचित सांसदको जन्म मिति भिडाएर हेर्दा सबैभन्दा जेठो सांसद पशुपतिशमशेर जबरा देखिएका छन् । जबराले ज्येष्ठ सांसदका रुपमा राष्ट्रपतिसमक्ष सपथका लिने र त्यसपछि सांसदहरुलाइ सपथ खुवाउने संघिय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउछन् ।

यता नेपाली कांग्रेसका नेता दामोदर गौतमले पनि यो विषय प्रकृयागत नै भएको बताउछन् । बिचारमा अहिलेको व्यवस्था भन्दा फरक एजेण्डासहित राप्रपा अघि बढेपनि यहि व्यवस्थाको प्रकृयामा समावेश हुँदा निर्वाचन प्रकृयामा गएपछि स्वभाविक रहेको उनको तर्क छ ।

त्यस्तै कम्युनिष्ट विश्लेषक हस्तबहादुर केसीले पनि यसलाई स्वभाविक प्रकृया रहेको बताउछन् । फरक एजेण्डा बोकेपनि राप्रपा यहि व्वस्थाभित्र अटाउन खाजेकोले अवसरको राजनीति गर्नेहरु जसो पनि गर्न नहिच्किचाउने तर्क रुाख्छन् ।

यद्यपी निर्वाचन आयोगको रेकर्ड अनुसार चित्रबहादुर केसीको उमेर ८० वर्ष देखिए पनि उनले आफु ८३ वर्षको दाबी गर्दै आएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचित २७५ जना सांसदको सूचीमा सबैभन्दा बढी महिन्द्रराय यादवको उमेर ८५ वर्ष छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित पशुपति शमशेर जबरा, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद महन्त ठाकुर र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीको उमेर बराबर ८० वर्ष रहेको छ । महिना र दिनले मात्रै राणा बढी देखिएका हुन् । नेपाली नागरिकताको प्रमाणपत्र भिडाउदाँ यादवको उमेर ८५ वर्ष देखिए पनि उनले आफ्नो उमेर कम भएको बताउदैँ सपथ नगराउने भनेपछि संघीय संसद सचिवालयले दोस्रोमा सबैभन्दा जेष्ठ सदस्यको खोजी गर्दा जबराको नाम फेला परेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *