ग्लोबल टिभि
0
काठमाडौं । बाग्लुङको बडिगाड गाउँपालिका –१० मा होली मेलामा झडप हुँदा दुई जनाको ज्यान गएको छ । गुल्मी, बाग्लुङ र प्युठानको सीमा क्षेत्रमा पर्ने राजकोटको बल्देधुरी भन्ने स्थानमा भएको झडपमा दुई जनाको ज्यान गएको हो ।
झडपमा परी निसीखोला गाउँपालिका–७ राजकोटका २५ वर्षीय प्रकाश कुँवर र सोही स्थानका ३४ वर्षीय दिपक दमाईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङले जनाएको छ । होली खेल्न जम्मा युवाहरुका बीचमा भनाभन हुँदा झडपको रुप लिएको बताइएको छ ।
घटनामा केही बेपत्ता भएको हुन सक्ने आशंका गरिएपनि यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ । झडप भएको स्थानमा आज बिहान(सोमावार) प्रहरीको टोली पठाइएको बाग्लुङ प्रहरी स्रोतले ग्लोबल टेलिभिजनलाई जानकारी दियो । यस बिषयमा प्रहरीले विस्तृत विवरण भने दिइसकेको छैन ।
Post Views: 1,569
Leave a Reply