काठमाडौं । महोत्तरीमा घाँस काटन गएका सात किशोरी बेपत्ता भएका छन् । भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु वेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरु अपहरणमा परेको हुन सक्ने आशंका गरिएको छ । हराउने किशोरीहरु १० देखि १८ वर्ष सम्मका रहेको प्ररहीले जनाएको छ ।
वेपत्ता हुनेहरुमा वर्ष १८ की अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, वर्ष १५ की रिया पासवान, सोही उमेरकी अर्चना पासवान, वर्ष १३ की ज्योती पासवान, वर्ष १० की रञ्जना पासवान र सीमा पासवान वेपत्ता भएको प्रहरीको भनाइ छ । यी सातै जना मंगलबार दिउँसो घाँस काट्न भन्दै गएको र अहिलेसम्म घर नफर्केको उनीहरुको अभिभावकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
‘घाँस काट्न गएका ७ जना किशोरी र बालिका हराएको भन्दै मंगलवार साँझ करिब नौ बजे परिवारले खबर गरेको र प्रहरीले खोजी कार्य जारी राखेको महोत्तरी प्रहरीले जानकारी दिएको छ । हराइरहेका किशोरीलाई कसैले ललाइफकाइ गरेर अपहरण गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
किशोरी हराएको जानकारी पाएपछि नेपाल प्रहरी, शशस्त्र प्रहरी र उनीहरुका आफ्न्त खोजी कार्यमा जुटेका छन् । किशोरीको खोजीमा प्रहरी जुटिसकेको र खोजी कार्यमा प्रगति हुनासाथ थप जानकारी दिने प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएपी बसन्त कुँवरले ग्लोबल टेलिभिजनलाई जानकारी दिए ।
Leave a Reply