बझाङमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु

 ग्लोबल टिभि           0

पुस १२ – बझाङमा ट्याक्टर दुर्घटना हुदा घटनास्थलमै मृत्यु भएको छ । बझाङको छबिसपाथिभेरा गाउपालिका–३ शान्तिकोट गोठालाचौकामा आज साँझ ट्याकटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ट्याक्टर चालक छबिसपाथिभेरा–५ का मंगल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन् । अर्का ट्याक्टरमा सवार धर्म धामी भने सकुशल रहेका छन् ।

झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको ट्याक्टर उकालो सडक भएकाले पछाडि सर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *