ग्लोबल टिभि
बिहिबार, चैत्र १९, २०७७
0
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज पनि देशका विभिन्न भू– भागमा मेघगर्जन सहित वर्षाको संभावना रहेको छ ।
हाल देशका पहाडी भू– भागमा आंशिक बदलीको अवस्थ रहेकोले मेघर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागमा आशिंक बदली भएपनि अन्य स्थानमा भने तुवाँलो लागिरहेको महाशाखाको भनाइ छ ।
अपराह्न तिर प्रदेश १, वाग्मती, र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
शुक्रबार र शनिबार पनि पहाडी भेगमा वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले हरेक दिन तीन दिनको मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै आएको छ ।
Post Views: 1,509
Leave a Reply