सवारी दुर्घटनामा मोरङमा एकको मृत्यु

 ग्लोबल टिभि           0

मोरङ । सवारी दुर्घटनामा परी मोरङमा एक पैदलयात्रीको ज्यान गएको छ ।

रतुवामाईमा भएको दुर्घटनामा सडकमा हिड्दै गरेकी रतुवामाई–३ की ६० वर्षीया चिन्तीदेवी ताजपुरीयाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ११ प ५४५५ नम्बरको मोटरसाइकलले रतुवामाई नगरपालिका–३ स्थित भित्री सडक खण्डमा ताजपुरीयालाई बुधबारसाँझ ठक्कर दिँदा दुर्घटना भएको हो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *