कैलालीमा गाडी दुर्घटना हुँदा १ को मृत्यु, १८ जना घाइते

 ग्लोबल टिभि      शनिबार, पुस १६, २०७९      0

पुस १६ – कैलालीमा हायस गाडी दुर्घटना भएको छ । गौरीगंगामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

गौरीगंगा नगरपालिका–६, वनवेहडामा हायस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रहरीका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ४०६ नम्बरको हायस दुर्घटनामा परेको हो । दुर्घटनामा लम्कीचुहा नगरपालिका वडा नम्बर–१ की ७३ वर्षीया कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि पठाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *