थपिए ३ हजार ५१ संक्रमित

काठमाण्डौं उपत्यकामा १३ सय ९८ जना संक्रमित थपिए

 ग्लोबल टिभि           0

काठमाण्डौं । बिगत २४ घण्टामा देशभर ३ हजार ५१ जना संक्रमित थपिएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ पुगेको छ । यो संगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यस बीचमा ३४ सय ३० जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा १८ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ । नेपालमा कोरोना लागेर हालसम्म १ लाख ४८ हजार ४ सय ८ जना संक्रमणमुक्त भएका छन् । काठमाण्डौं उपत्यकामा २४ घण्टामा १३ सय ९८ जना संक्रमित थपिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *