राहदानी विभागका विचौलियालाई कारबाही गर्न नेविसंघको माग

 ग्लोबल टिभि      बुधबार, पुस २०, २०७९      0

पुस २०– विपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राहदानी विभागका विचौलियालाई तत्काल कारबाही गर्न माग गरेको छ। अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति प्रकाशित गरी पुस १७ गतेदेखि सिस्टममा आएको समस्या देखाउँदै पासपार्ट वितरण रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

नेविसंघले शंकास्पद ढंगले सम्वन्धित विभागका कर्मचारीहरुद्वारा सिस्टम अवरुद्ध पारिएको र यसको मुख्य कारण गृह मन्त्रालयको नीति बिनाको ठाडो निर्देशन रहेको भन्ने समाचारहरुले थप जटिलता उत्पन्न भएको बताएको छ।

विगत लामो समय देखि राहदानी वितरण र आवेदनको निमित्त भरिने अनलाइन फाराममा दलाली गरिएको र विचौलियाहरु हावी हुँदै गएको गुनासो आइरहेकोले यस्ता गतिविधि पूर्ण रुपमा नियन्त्रण गरी सहज ढंगबाट नागरिकलाई सेवा प्रदान गर्न नेविसंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *