४३ लाख नगदसहित एक जना पक्राउ

 ग्लोबल टिभि           0

प्रहरीले काठमाडौ नागढुंगाबाट ४३ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ । दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००–६ ख ०९१२ नम्बरको यात्रुबस चेकजाँचको क्रममा ४३ लाख रुपैयाँ नगद भेटिएपछि तुलसीपुर उपमहानगरपालिका–५ का सन्दीप कौशललाई प्रहरीले पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा कार्टुनमा टेपले बाँधेर राखिएको ४३ लाख नगदसहित ९ थान पोते पनि भेटिएको छ । उनले नगदको श्रोत खुलाउन नसकेपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *