ग्लोबल टिभि
0
नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष सीताराम बर्माको निधन भएको छ ।
७९ वर्षीय बर्माको उपचारको क्रममा बिहीबार राति काठमाडौंस्थित किष्ट अस्पतालमा निधन भएको हो।
बर्मालाई कोरोना संक्रमण देखिए पनि नेगेटिभ आइसकेको थियो। पत्रकार बर्मा प्रेसरका पनि बिरामी थिए।
बर्माले लामो समय राष्ट्रिय समाचार समितिमा रहेर काम गरेका थिए। उनकी कान्छी पत्नीको पनि हालै निधन भएको थियो। बर्माका तीन छोरी दुई छोरामध्ये एक छोराको निधन भइसकेको छ।
बर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।
Post Views: 1,714
Leave a Reply