शिक्षिकाले पानी भन्दै स्पिरिट दिएपछि विद्यार्थीको मृत्यु(भिडियोसहित)

 ग्लोवल टि.भी.      आइतवार, पुस २४, २०७९      0

सुनिता-सिरहाको एक विद्यालयमा शिक्षिकाका गैरजिम्मेवारीका कारण अध्ययनरत किशोरीको मृत्यु भएको भन्दै प्रदर्शन भएको छ । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा प्रहरीसहित प्रदर्शनकारी समेत घाइते भएका छन् । औषधी खान पानी दिनुपर्नेमा स्पीरिट दिएपछि छात्राको मृत्यु भएको आरोप स्थानीयले लगाएका छन् ।

सिरहाको मिर्चैया नगरपालिका –६ स्थित सगरमाथा माध्यामिक विद्यालयमा अध्यनरत एक छात्राको शिक्षिकाको लापरवाहिका कारण ज्यान गएको भन्दै प्रदर्शन भएको छ । सिरहा नगरपालिका भलुवाहीकी १५ वर्षिया ८ कक्षामा अध्यनरत सिर्जना कुमारीको शिक्षिकाका लापर्वाहीका कारण मृत्यु भएको आरोप स्थानीयले लगाएका छन् । छात्रा सिर्जनाले विद्यालयमै पेट दुखेको भनि औषधि खान उनकै शिक्षिका अम्बिका लम्साललाई भनेपछि शिक्षिकाले ल्याएको पानीले औषधि खाँदा छात्राको ज्यान गएको आरोप लगाइएको छ । शिक्षिकाले औषधि खानको लागि ल्याएको पानी नभई स्पिरिट परेको कारण छात्राको निधन भएको आरोप छ ।

स्पिरिट पिएकी छात्रा सिर्जनालाई उपचारका लागि कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल पनि लगिएको थियो, तर उपचारकै क्रममा शनिबार साँझ निधन भएको हो । मृत्यु भएलगतै विद्यालयमा शिक्षिकाको लापरवाहिका कारण छात्राको ज्यान गएको भन्दै विहान १० बजे बाटै विद्यालयमा अध्यनरत विद्यार्थिहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्घ गर्दे आन्दोलनमा उत्रेका थिए । उनीहरुले ईलाका प्रहरी कार्यालयमाथि ढुङ्गा मुढा समेत प्रहार गरेका छन् । ढुङ्गा मुढाबाट कार्यालयमा क्षति पुग्नुका साथै ५ जना प्रहरी पनि घाईते भएको बताइएको छ ।

मृतक छात्राको बुबा धर्मेन्द्रले दोषी माथि कारबाहिको माग गर्दे प्रहरीमा जाहेरी दिएपछि अहिले पानी भनेर छात्रालाई स्पिरिट दिने शिक्षिका र सोहि विद्यालयका प्रिन्सिपललाई भने प्रहरीले छानबिनका लागि नियन्त्रणमा लिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *