ग्लोवल टि.भी.
सोमवार, माघ २, २०७९
0

माघ २– यती एअरलाइन्स विमान दुर्घटनामा परेर बेपत्ता रहेका थप एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको जानकारी दिए ।
योसँगै ७० जनाको शव फेला परेको छ । एसपी केसीले अज्ञात अवस्थामा रहेका २ जनाको भने भोलि मात्रै खोजी गरिने जानकारी दिए ।
‘त्यो खोंच दिउँसै पनि डेन्जर ठाउँ हो । राति नमिल्ने भएकाले भोलि बिहानैबाट खोजी गर्छौं’ उनले भने । एसपी केसीका अनुसार शव खोज्न आज ड्रोनको प्रयोग गरिएको थियो । भोलि बिहान ४ वटा ड्रोनसहित सम्भावित ठाउँहरुमा खोजी गरिने उनले बताए ।
Post Views: 62

Leave a Reply