काठमाडौं । आज देशको पहाडी भूभागका एक–दुइ स्थानमा अपरान्हपछि मेघगर्जन–चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेकोले हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै देशका केहि भू–भागमा तुँवालोको असर रहने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु समेत महाशाखाले अनुरोध गरेको छ।
हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र ३१ गते (मंगलवार)
दिउँसो : देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ। पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्ह पछि मेघगर्जन–चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केहि भू–भागमा तुँवालोको असर रहने छ।
रातीः देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
२०७८ बैशाख १ गते (बुधबार)
दिउँसो: सुदुपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्ह पछि मेघगर्जन–चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केहि भू–भागमा तुँवालोको असर रहने छ।
राती : देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
२०७८ बैशाख २ गते (बिहिबार)
दिउँसो : देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू–भागका एक(दुई स्थानमा अपरान्ह पछि मेघगर्जन–चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केहि भू–भागमा तुँवालोको असर रहने छ।
रातीः देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
Leave a Reply