उपत्यकासहित मुलुकका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

 ग्लोवल टि.भी.      बिहिबार, बैशाख ९, २०७८      0

काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ३ बजेतिरदेखि काठमाडौँसहितका स्थानमा वर्षा भइरहेको छ । वर्षा गराउने मौसम प्रणाली भारतको दक्षिणी क्षेत्र हुँदै वाग्मती प्रदेशमा आइपुगेको र यसकै असरस्वरुप अहिले वाग्मतीसहित, प्रदेश २ लगायतका क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो प्रणाली गण्डकी प्रदेश हुँदै अन्यत्र पनि विस्तार हुने महाशाखाको भनाइ छ । प्रिमनसुनको समय भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि कायमै रहेकोले सर्तकता अपनाउन भनिएको छ । आज दिनभर मुलुकभर आँशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *