मेघगर्जन र चट्याङसहित वर्षाको संभावना

सतर्क रहन विभागको अनुरोध

 ग्लोवल टि.भी.      शुक्रबार, बैशाख १७, २०७८      0

आज केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले केही स्थानमा वर्षाको संभावना रहेको छ ।

अहिले मुलुकभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, बाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । त्यस्तै, मुलुकका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको संभावना रहेकोले सर्तकता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ बैशाख १७ गते (शुक्रबार)

दिउसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही स्थानमा र तराईका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

राती: देशका तराईका भू -भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना रहेको छ।

२०७८ बैशाख १८ गते (शनिबार)

दिउँसो: प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूका केहि स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना छ।

राती: प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना छ ।

२०७८ बैशाख १९ गते (आइतबार)

दिउँसो: प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केहि स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना छ।

राती: प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *