आज मेघगर्जनसहित धेरै ठाउँमा वर्षा हुने

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ ४, २०७८      0

अहिले मुलुकमा पश्चिमी न्युन चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अती शक्तिशाली चक्रवात ताउ–तेको प्रभाव रहेको छ । त्यसको असरस्वरुप पनि दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले जनाएको छ । देशको पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सूदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ ५ गते (बुधबार)

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सूदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातर वर्षाको सम्भावना छ ।

२०७८ जेठ ६ गने (बिहिबार)

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १ र २ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा साथै अन्य प्रदेशको १ र २ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *