‘यास’ चक्रवातको असर शनिबारसम्म रहने

 ग्लोबल टिभि      बुधबार, जेष्ठ १२, २०७८      0

बंगालको खाडीबाट सुरु भएको यास चक्रवातको प्रभाव नेपालमा पनि परेको छ । यसको आंशिक प्रभावका कारण देशका अधिकांश भू–भागमा मौसम बदली रहेको छ । बुधबार बिहान देखि प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशको मौसम सामान्य बदलीभइ केही स्थानहरुमा हल्का वर्षा भएको छ ।

मौसमविद प्रतिभा मानन्धरका अनुसार राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् ।

प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी, बागमती र प्रदेश १ का हिमाली र उच्च पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेकोले यास को असर आगामी शनिबारसम्म रहने मौसमविद् मानन्धर बताउँछिन् । यस अघि ताउ–ते चक्रवातले भारतका बिभिन्न क्षेत्रमा ठूलो असर गरेको थियो । ताउ–ते चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि सामान्य असरस्वरुप केही स्थानमा वर्षा भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *