आजको मौसम : पश्चिमी वायुको प्रभावले भारी वर्षाको सम्भावना

 ग्लोवल टि.भी.      सोमवार, जेष्ठ १७, २०७८      0

हाल देशमा पश्चिमि वायु,स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा aरहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ।

हाल प्रदेश नं १ मा पुर्ण बदलि र देशका अन्य भू–भागका अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य बदली रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १.प्रदेश नं २ र बाग्मति प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा भईरहेको छ ।

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन ÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ । प्रदेश नं १ र बाग्मति प्रदेशका एक दुइ स्थानमा भारि बर्षाको पनि संभाबना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन ÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *