एक्सका भिडियो कसरी डाउनलोड गर्ने ?

 ग्लोबल टिभि           0

जेठ ४ –  पछिल्लो समय सामाजिक सञ्जाल एपको रूपमा एक्स (पहिलेको ट्विटर) प्रयोगकर्तामाझ निकै लोकप्रिय भइरहेको छ ।

एक्समा रहेको माइक्रो ब्लगिङ साइट एक्समा विभिन्न खालका भिडियोहरू समेत हेर्न सकिने सुविधाहरू रहेकाले यसलाई धेरैले रुचाएका हुन सक्छन् । तर एक्समा उपलब्ध रहेका भिडियोहरू डाउनलोड गर्न सकिने सुविधा भने छैन ।

के तपाईँलाई थाहा छ एक्सका भिडियोहरू पनि स्मार्टफोन ट्याब्लेटमा डाउनलोड गर्न सकिन्छ ।

त्यसकालागि यसाे गर्नुहाेस् :

सबैभन्दा पहिले एन्ड्रोइड फोनमा प्लेस्टोरबाट डाउनलोड नामक एप डाउनलोड गर्ने । त्यसपछि फोनमा एक्स एप खोली आफूले डाउनलोड गर्न चाहेको भिडियो भएको पोस्टमा जाने, उक्त पोस्टको तलपट्टि रहेको शेयर बटनमा क्लिक गरी त्यहाँ भएका विकल्पमध्ये शेयर भियामा क्लिक गर्ने र शेयर गर्नका लागि उपलब्ध एपहरुको सूचीमध्ये ‘डाउनलोड’ मा गई भिडियो सेभ गर्न सकिन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *