ग्लोबल टिभि
0
असार २५ – इलेक्ट्रोनिक्स कम्पनी नथिङ टेक्नोलोजी लिमिटेडले आफ्नो उप-ब्रान्ड सीएमएफमार्फत विश्वव्यापी रूपमा आफ्नो उत्पादन विस्तार गरेको छ। भिवान्ता काठमाडौँमा आयोजित कार्यक्रममा ब्रान्ड लन्च नेपालमा सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २ र वाच प्रो २ को ग्लोबल लन्च गरिएको हो।
सिजी मोबाइल प्रा. लि. ले नथिङ ब्रान्डका लागि नेपाली अभिनेता प्रदीप खडकालाई आफ्नो ब्रान्ड एम्बेसेडरको रूपमा घोषणा गरेको छ। ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी तथा ब्रान्ड एम्बेसेडर खडकाले सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २, सीएमएफ वाच प्रो२, सीएमएफ बड्स, नथिङ फोन र नथिङ फोन (२ए) नथिङ इयर र नथिङ इयर (ए) सार्वजनिक गरे।
सीएमएफ फोन १ कालो, सुन्तला, हल्का हरियो र निलोमा उपलब्ध छ। साथै, नथिङको फोन २ए मा शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ७२०० प्रो चिपसेट छ ।
Post Views: 348
Leave a Reply