सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’ आयोजना हुँदै

 ग्लोबल टिभि           0

जेठ २९ – सीजी हिरो मोटोकर्पले दोस्रो संस्करणको ‘एक्सट्रयाक’ ईभेन्ट आयोजना गर्ने भएको छ । मोटोकर्पले जेठ ३१ गते शनिवार पोखरामा आयोजना गर्ने ईभेन्टमा मोटरसाईकल प्रेमी राईडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राईडिङ्गको अविष्मरणिय अनुभव गर्न पाउने बताइएको छ ।

ईभेन्टमा सहभागिहरुले हिरोको एडभेन्चर श्रेणीका मोटरसाईकल विशेषतः हिरो एक्सपल्स २०० फोरभि र एक्सपल्स २०० फोरभि प्रो, विशेष रुपमा डिजाईन गरि तयार पारिएको ट्रयाकमा प्रत्यक्ष रुपमा चलाएर आफ्नो अफरोड राईडको स्किलको समेत परिक्षण गर्ने अवसर प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा सुरक्षाका समग्र मापदण्डको सुनिश्चिकताका साथै व्यवसायिक मार्शलहरुको प्रत्यक्ष प्रशिक्षण एवं निर्देशनमा सहभागिहरुले आफ्ना अफरोड राइडिङ्ग कलाको टेस्ट गर्नुका साथै थप राइडिङ्ग टिस्प पनि प्राप्त गर्ने अवसर प्राप्त गर्ने कम्पनीको भनाई छ ।

पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने ‘एक्सट्रयाक इभेन्ट’ विहान १० बजेवाट शुरु हुनेछ । यस ईभेन्टमा सहभागिता जनाउन चाहनेहरुले हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेजमा गई निःशुल्क रुपमा रजिष्ट्रेसन गर्नसक्ने बताइएको छ । ईच्छुक राईडरहरुले चालक अनुमती पत्रका साथ सेफ्टी गियरहरु आफ्नो साथमामा लिएर जानुपर्नेछ ।

ईभेन्टमा सहभागी तथा अनुभवी राईडरहरुका लागि हिरो मोटोकर्प नेपालका तर्फवाट मोटरसाईकल उपलब्ध गराईने बताइएको छ । कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्राण्डेड जर्सी लिमिटेड एडिशनको व्यवस्था गरिएको कम्पनीले वताएको छ ।

उक्त ईभेन्टको मुख्य उद्देश्य मोटरसाईकल प्रेमी युवा पुस्ताहरुमा मोटरसाईकल संस्कृतिको प्रवद्र्धन गर्नु रहेको कम्पनीले जनाएको छ । यसअघि पहिलो संस्करणको रुपमा धुलिखेलमा अवस्थित ‘डर्ट टेम्पल’ मा ३ सय भन्दा वढी राईडरहरुको सहभागिता रहेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *