आजको मौसम : धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

 ग्लोवल टि.भी.      शुक्रबार, साउन १, २०७८      0

देशभर मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य बदली रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश नं १, प्रदेश नं २ बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूर–पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *