ग्लोबल टिभि
सोमवार, भदौ २८, २०७८
0
उत्तर कोरियाले फेरि दुई ओटा नयाँ प्रकारका लामो दुरीका क्रुज मिसाइल परीक्षण गरेको छ । परीक्षण गरिएका ती मिसाइलले १५ सय किलोमिटरको दूरी तय गर्न सक्छन् ।
उत्तर कोरियाले ती मिसाइललाई ‘महत्वपूर्ण रणनीतिक हतियार’ को रूपमा व्याख्या गरेको छ ।
गत जनवरीमा अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले सपथ लिएको बेला पनि उत्तर क्रुज मिसाइल परीक्षण गरेको थियो । केही दिन अघिमात्रै उत्तर कोरिया स्थापनाको ७३औं वर्षगाँठको अवसरमा राजधानी प्योङयाङमा विशाल सैनिक परेड गरिएको थियो ।
Post Views: 804
Leave a Reply